बालयौन दुरुपयोग गरेको आरोपमा चाइल्ड केयर सेन्टरका संचालक पक्राउ

दियो पोस्ट  

ललितपुर । बालयौन दुरूपयोग गरेको आरोपमा ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्ला सिमिकोट गाउँपालिका–६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढा रहेका छन् ।

दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरूपयोग गरेका आराेप छ । बालिकाले यस्तो नगर्नु भन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ । बुढामाथि जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस