
कञ्चनपुर । कञ्चनपुरमा ३ नाल भरूवा बन्दुक बरामद भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–१ कुमगडास्थित राष्ट्रिय वनबाट ३ नाल भरूवा बन्दुक आइतबार साँझ प्रहरीले बरामद गरेको हाे ।
अस्थायी प्रहरी पोष्ट पहरीयाबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ २ जना अपरिचित व्यक्तिहरू आफूसँग भएको बन्दुर फाली फरार भएका छन् ।
उक्त बन्दुक छाडी फरार भएपश्चात प्रहरीले बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।