काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय सबिन विकसहित २ जना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित आइतबार साँझ पक्राउ गरेको हो ।
मकवानपुरको विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ मा अवैध लागूऔषध गाँजा करिब ३ केजीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत घर भएका २१ वर्षीय सत्यम कुमारसहित २ जना रहेका छन् । हटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बिआर ०५ एच ५११६ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा उक्त लागूपदार्थसहित उनीहरुलाई आइतबार बेलुका रातोमाटेबाट पक्राउ गरेको हो ।
साथैै सोही उपमहानगरपालिका– १ लोकप्रिय मोडबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६० ग्राम एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१८ हर्नामाणी बस्ने २९ वर्षीय भिम बहादुर रहेका छन् । घलानलाई उनकै घरबाट उक्त पदार्थसहित आइतबार बेलुकी पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।