आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

दियो पोस्ट  

ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । जिल्लाको मैवाखोला गाउँपालिका–५ फाकुम्बा बस्ने ३३ वर्षीय दिल्ली कुमार लिम्बुले आफ्नै आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

मानसिक अवस्थामा ठिक नभएको बताइएका दिल्लीले आफ्नै आमाको हत्या गरेको भन्ने विशेष खबर प्राप्त हुनासाथ प्रहरी चौकी सांघुबाट खटिएको प्रहरी टालीले सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।