७९ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

बागलुङ । ७९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका–६ रङगिला बस्ने २७ वर्षीय देव बहादुर कामी रहेका छन् । कामीले आइतबार साँझ सोही ठाउँस्थित गोरेटो बाटोमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी निसीखोलाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।