महोत्तरीम करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

महोत्तरी । महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सम्सी गाउँपालिका–१ पर्सा बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँबस्ने ५५ वर्षीय राज किशोर यादव रहेका छन् । सोही ठाउँ बस्ने उपेन्द्र यादवको घर ढलान गर्ने क्रममा मिक्चरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जानकी अस्पताल पर्सामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।