काठमाडौं । विभिन्न ठाउँमा लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । रोल्पाको माडी गाउँपालिका–६ मा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–१ भत्तावाङ बस्ने ४७ वर्षीय कलम सिंह घर्ति मगर रहेका छन् । सोही ठाउँको डोङखोलास्थित माडी खोलामा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै बाराको कलैया उपमहानगरपालिका–४ मा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेम हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरूष रहेका छन् । सोही ठाउँस्थित जानकी हल अगाडि मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।