धनुषामा इनारमा डुबेर एक जनाको मृत्यु

दियो पोस्ट  

धनुषा । धनुषामा इनारमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका–६ भक्तिपुर बस्ने ४६ वर्षीय लक्ष्मी नारायण दास रहेका छन् ।

सोही ठाउँस्थित इनारमा पानी तान्ने क्रममा डुबेर मंगलबार राति उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।