निरोज चौलागाईं
सिन्धुपाल्चोक सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसरमा बालबालिकालाई सहयोग प्रदान गरेको छ। उद्योग बाणिज्य सघको २९ औ स्थापना दिवस को अवसरमा सघले बहिरा ३० बालबालिकालाई सहयोग गरेको हो।
उद्योग बाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत(राजकुमार)ले उनीहरुलाई ट्रयाक सुट सेट टीसर्ट, खाजा लगायत वितरण गरेको सिन्धुपाल्चोक उद्योग बाणिज्य सघले जनाएको छ।
बाह्रबिसे नगरपालिका ९ राम्चे स्थित गणेश थानमा रहेको सिन्धु बहिरा आधारभूत विद्यालयमा ३० जना विद्यार्थीले अध्यन गर्छन् । साथै सघले बिधालयलाई ५१ हजार नगद समेत प्रदान गरेको छ। बिधालयलाई सहयोग पुग्ने हेतुले सघले सघले सहयोग गरेको अध्यक्ष बस्नेतले बताए।