सप्तरी । अवैध लागूऔषसहित एक जना पक्राउ परेका छन् । सप्तरीको कंचनरूप नगरपालिका–१ बैरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३५ मिलिग्रामसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–१ बस्ने २२ वर्षीय राधेश्याम साह रहेका छन् । ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरी टोलीले प्र.२–०१–००१ प ३२६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।