छुट्टाछुट्टै ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ बल्खु मा प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने प्रज्वल श्रेष्ठसहित ७ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२ बुक ताससहित बुधबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–६ कपन सरस्वतीनगरस्थित लक्ष्मी तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–८ घर भएकी ४५ वर्षीया तामाङसहित १५ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ४५ हजार ४ सय रूपैयाँ र ६ बुक ताससहित बुधबार राति पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।