छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर २ जनाको मृत्यु

दियो पोस्ट

काठमाडौं । विभिन्न ठाउँमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवट जम्मुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३२ वर्षीय अशोक स्याङतान रहेका छन् । सोही ठाउँस्थित खेतमा पानी लगाउने क्रममा पानी तान्ने मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका–५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१० पशुपती टोल बस्ने ४० वर्षीय दिनेश ओड रहेका छन् ।सोही ठाउँस्थित रोडको छेउमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर