घाँस काट्दै गरेकी श्रीमतीको हत्या

दियो पोस्ट  

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा बर्दियामा श्रीमान् पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनार रहेका छन्।

४० वर्षीया केशकुमारी विकको हत्या गरेको आरोपमा उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

सुनारले विकलाई घरबाट करिब पाँच सय मिटर टाढा खेतमा बिहीबार दिउँसो सवा २ बजे हत्या गरेको बर्दिया प्रहरीले नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकार दिए ।

विक पानी भएको खेतमा घाँस काट्दै थिइन्। सुनारले सुरूमा विकको घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए।

त्यसपछि घाँटी पछाडिको भागमा थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। हत्या गर्नुको कारण पारिवारिक झगडा रहेको छ।

सुनारलाई इलाका प्रहरी कार्यालय मैनापोखरको हिरासतमा राखेर कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ।