३२ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

झापा । झापामा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका–२ हेल्थपोष्ट टोल बस्ने ५७ वर्षीय दिलिप माझी रहेका छन् । माझीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।