दोलखा । दैलेखमा भरुवा बन्दुक २ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कालिञ्चोक गाउँपालिका–३ बुलासे बस्ने २० वर्षीय नवीन खत्री रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्ने क्रममा लुकाई राखिएको १ थान भरुवा बन्दुक र घर नजिकै बारीमा प्लाष्टिकले बेरी राखेको अवस्थामा थप १ थान भरूवा बन्दुक फेला पारी बिहीबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।