बाँके । बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–८ हसनापुर बस्ने ४५ वर्षीय हेमन्त बुढा रहेका छन् ।
उनलाई आफ्नै घर नजिकै रहेको विद्युतीय मोटर जोडेको धारामा नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।