नदीमा डुबेर एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता

जुम्ला । जुम्लामा एक जनाको डुबेर मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–६ बस्ने १९ वर्षीया मैना सार्कीको मृत्यु भएको हो ।

उनको सोही ठाउँस्थित बालुवा निकाल्ने क्रममा हिमा नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । नदीमा डुबेर अशक्त भएकी उनको स्थानीय पाण्डप गुफा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस