जंगली च्याउ खाएर दाङमा आमा-छोरीको मृत्यु

दियोपोस्ट संवाददाता

दाङ — दाङमा जंगली विषालु च्याउ खाएर आमा–छोरीको मृत्यु भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरीकों मुत्यु भएको हो ।

साउन २९ गते जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका थिए । मृतकका श्रीमान अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको गौतमले जानकारी दिए ।

जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बिरामी परेकी ईश्वरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

११ वर्षीया छोरी अस्मिता सुनारको बुधबार नै उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

 

सम्बन्धित खबर

सिफारिस