
तनहुँ । तनहुँमा अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १ केजी २ सय २० ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा व्यास नगरपालिका–१० बस्ने १७ वर्षीय र १८ वर्षीय २ जना किशोर रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग.३प ७१४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।