गठबन्धन टिकाउन अवधि नपुग्दै एआईजी सरुवा

दियोपोस्ट संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान जा।री रहेकै बेला सरकारले उपत्यका प्रहरी प्रमुखसहित पाँच अतिरिक्त महानिरीक्षक (एआईजी)को अकस्मात् सरुवा गरेको छ । सरुवा तथा पदस्थापना भएर गएको युनिटको ५ महिना पनि काम गर्न नपाउँदै सरुवा गरिएको हो । सामान्यतया : सरुवा भएका प्रहरी अधिकृतलाई सम्बन्धित युनिटमा नै काम गर्न दिने अभ्यास छ । तर, सत्तारुढ गठबन्धनको दबाबमा कार्यवधि नपुग्दै एआईजीलाई अन्यत्र पठाइएको छ ।

अघिल्लो साता बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंं उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीलाई त्यहाँबाट हटाएर प्रहरी प्रधान कार्यालय प्रशासन विभागका दीपक थापालाई उपत्यका प्रहरीको नेतृत्व दिइएको छ । ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ । त्यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका आईजी टेकबहादुर राईलाई मानवस्रोत विभागमा सरुवा गरिएको छ । मानवस्रोतका सन्दीप झण्डारी प्रतिष्ठानमा सरुवा भएका छन् । कार्य विभाग प्रमुख मीरा चौधरीलाई प्रशासन विभागमा लगिएको छ । एआईजी अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङ, प्रदेश समन्वय विभागका सुदीप गिरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)की प्रमुख किरण बज्राचार्यको जिम्मेवारी भने यथावत् राखिएको छ ।

सरुवा भएकामध्ये उपत्यकाका ज्ञवाली नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सामेल एआईजी हुन् । ज्ञवालीसहित काठमाडौं प्रहरी परिसद र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टिमले नेपालीलाई शरणार्थी बनाएर अमेरिका लैजाने अपराधमा संलग्नविरुद्ध अनुसन्धान गरेको थियो । त्यस क्रममा कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित उच्च पदस्थ अधिकारी नै संगठित गिरोहसँग मिलेर नक्कली शरणार्थी बनाउने धन्दानमा संलग्न रहेको खुलेको थियो । यो प्रकरणमा कांग्रेस नेतृ तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र पूर्वगृहमन्त्री खाण पत्नी मञ्जुसमेत मुछिएका थिए । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा सघाउन आरजु र मञ्जुलाई रकम बुझाएको दाबीसहित गिरोहबीच भएको टेलिफोन अडियो पनि अनुसन्धान क्रममा फेला परेको थियो ।

आजको कान्तिपुर पत्रिकामा खबर छ ।

सम्बन्धित खबर