२० वर्षीया युवती, नेपाल बेलबारी नगर कमिटीका अध्यक्ष पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटीका अध्यक्ष पक्राउ परेका छन् ।

मोरङको बेलबारी नगरपालिका–१० घर भएका ३४ वर्षीय काशीराज तामाङ लाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

तामाङ पोललाइट रेस्टुरेन्टमा सञ्चालक पनि हुन् । सोही रेष्टुरेन्टमा बोलाएर यवतीलाई जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ ।

युवतीले दिएको जाहेरीमा असार २ गते बलात्कार गरेको भन्ने उल्लेख छ । तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो ।

तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

सम्बन्धित खबर

सिफारिस