झापा । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दमक नगरपालिका–५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहन बहादुर राई रहेका छन् ।
राईले ती महिलालाई ललाई फकाई गत साउन १८ गते दिउँसो दमक नगरपालिका–८ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।