छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका–३ बतासेडाँडास्थित सडकमा ग.८ प १२२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ हटिया बस्ने ३५ वर्षीय गणेश परियार रहेका छन् । उक्त सडकदेखि करिब १ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ क्याम्पस रोडमा म.१ क १७७ नम्बरको बस र सु.प.प्र.०१०१२ प ६६१ नम्बरको मोटरसाइकल एकआपसको ठक्करबाट आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–४ किचाई बस्ने २८ वर्षीय मदन बहादुर सिंह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पताल र अन्य १ जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।