चोरीपैठारीको सामान बरामद

दियोपोस्ट संवाददाता

काठमाडौं । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–५ गोटिहवाबाट आइतबार सशस्त्र प्रहरीले करिब ८ लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा बिओपी मर्यादापुर कपिलवस्तुले उल्लेखित मुल्यको लत्ताकपडा तथा चप्पल बरामद गरेको हो ।

बरामद सामान सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।

सम्बन्धित खबर

सिफारिस