त्रिशूली नदीमा यात्रुवाहक बस खस्यो

दियो पोस्ट  

काठमाडौं । त्रिशूली नदीमा यात्रुवाहक बस खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।