‘बलात्कार पीडितलाई धम्की दिने’ आपराधिक पृष्ठभूमिका एमान तामाङबाट किशोरीलाई खतरा !

दियो पोस्ट  

काठमाडौं । तीन दिनदेखि एक किशोरी जिल्ला अदालत काठमाडौं अगाडी धर्नामा बसेकी परिवर्तित नाम (२६) परिसर (४) मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख हरि कुमार पोखरेलबाट जबरजस्ती करणीमा परेकी किशोरीले न्यायको सास फेरेकी छिन् । पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशपछि उनी खुसी छिन् । तर, आफ्नो ज्यान तलमाथि हुने होकी भन्ने डर उनलाई अझै छ । किनकी आफूले मुद्दा गनुअघि मिलापत्रको नाममा धम्की दिने केही आपराधिक व्यक्तिहरुका कारण उनलाई तनाव छ । प्रहरीले पक्राउ नै नगरी फरारको सुचीमा राखेर अधिवक्ता भोजराज रेग्मी र एमान तामाङको नाम अदालतमा बुझायो ।
जबकी एमान तामाङ यसअघि विभिन्न आपराधिक घटनामा पक्राउ पर्दै छुट्दै आएका अभियुक्त हुन् । तीनै एमान र अधिवक्ता भोजराज रेग्मीलाई पक्राउ नै नगरी फरार प्रतिवादी बनाएर मुद्दा मुद्दा बुझाइएको थियो । जिल्ला अदालत काठमाडौंले शुक्रबार पोखरेललाई कारागार चलान गरेको छ भने पक्राउ परेका अन्य अभियुक्तलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

के थियो घटना ?

विगत १ वर्षदेखि पोखरेलको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी ती किशोरीमाथि पोखरेलले मानिस नभएको मौका पारेर जिस्क्याउँदै आएका थिएृ । २०७९ फागुन २७ गते पनि भान्सामा काम गर्दै गर्दा पोखरेलले उनको संवेनशिल अंग समाएका थिए । त्यतिमात्रै होइन उनले यौन सम्बन्धको प्रस्ताव समेत गरेका थिए । त्यसपछि ती किशोरी आफ्नो डेराकोठामा भागेका थिए । यो घटनाबारे ती किशोरीले हरि कुमारकी श्रीमतिलाई पनि जानकारी नगराएका होइनन् । तर, उनको कुरा कसले सुन्ने । आफ्नो श्रीमानको हर्कत थाहा पाएकी उनकी श्रीमतीले समेत ति किशोरीलाई नै दोष देखाउन थालिन् । त्यसपछि ति किशोरीले हरहिसाब मागीन तर, हरि कुमारको श्रीमतीले पछि दिउँला भन्दै आलटाल गरिन् । यसैबीच हरि कुमारको मनोवल झनै बढ्न थाल्यो । २०८० साल वैशाख १० गते दिउँसो २ बजेर ३० मिनेट जाँदा घरमा कोही नभएको मौका पारि हरि कुमार एक्कासी ती किशोरीमाथि फेरी जाइलागे । ‘मलाई एक्कासी झम्टी मेरा संवेदनशिल अंगहरु समाई मलाई खाटमा लगेर लडाई तिम्रो जीवनमा आवश्यक पर्ने सबै कुरा दिन्छु मलाई शारिरिक सम्पर्क गर्न देउ भन्दै जबरजस्ती गर्न खोजेकोमा मैले ईन्कार गरेँ,’ किशोरीले जाहेरीमा भनेकी छिन्,‘त्यसपछि पुन शारिरिक सम्पर्क गर्न देउ भन्दा मैले ईन्कार गरेँ । मैले ईन्कार गरेपछि पनि निजले मेरो मुखमा अप्राकृतिक ढंगले यौन क्रियाकलाप गर्नु भयो । उक्त कुरा मैले निजको श्रीमतीलाई भन्दा पनि नचाहिँदो कुरा गर्छेस् भन्दै उल्टै गाली गर्नुभयो ।’
गत असार ८ गते आफू काम गर्न सोही भान्सा कोठामा जाँना भने आफूमाथिको आक्रमण भिडियोमा खिच्न सफल भएको ती युवतीको जाहेरीमा उल्लेख छ । ‘उक्त भिडियो निज प्रतिवादीको श्रीमतीलाई देखाउँदा मलाई फकाई पैसा दिन्छु भन्दा पनि मैले सवै कुरा ईन्कार गरी निजको घरमा काम गर्न जान छोडी आफन्तको शरणमा बसेकी छु,’ उनले जाहेरीमा भनेकी छिन् ।’

गत साउन ४ गते पीडित किशोरीले जिल्ला प्रहरी परिसर काठमाडौंमा पोखरेल विरुद्ध जोहेरी दिएकी थिइन् । तर, जाहेरी दिएको केहीदिनमै उनलाई दबाव दिन पोखरेलले विभिन्न व्यक्तिहरु खटाए । त्यसरी पीडित किशोरीलाई दबाव दिनेहरुमा अधिवक्ता भोजराज रेग्मी, एमान तामाङ, रञ्जित कुमार जैसवाल र रामजी भन्ने चेतन न्यौपानेले दबाव दिएको अभियोग पत्रमा उल्लेख छ । पीडित किशोरीका अनुसार यसअघि समेत विभिन्न आपराधिक घटनामा पक्राउ पर्दै छुट्दै आएका एमान तामाङ असार ३० गते नै पीडित किशोरीको कोठामै छिरेर धम्काउन आएका थिए । ‘म कोठामा चिच्याएर मान्छे बोलाउँछु भनेपछि उनी भागेका थिए । भोलीपल्ट असार ३१ मा यिनै अमन तामाङले मेरो मोबाइलमा फोन गरी विभिन्न प्रकारको धाक धम्की तथा प्रलोभन दिई मुद्दा अगाडी नबढाउन दबाव दिए । मेरो बुवालाई प्रतिवादी अमन तामाङ भोजराज रेग्मी साथै रामजी भन्ने चेतन न्यौपानेले निजको मोबाइल नम्बर ९८५१०७७६४० बाट मेरो बुवाको नम्बरमा पटक पटक सम्पर्क गरी धाक धम्की दिई मुद्दामा मिलापत्र गर्न दबाव दिएका छन् ।’ उनले जाहेरीमा भनेकी थिइन् ।

वकिलको फोन,‘तिमी राम्री हुनु नै तिम्रो दोष हो’

आफ्नो पक्षलाई न्याय दिलाउन बहस तथा पैरववी गर्ने कार्य वकिलहरुले गर्छन् । तर, अधिवक्ता भोजराज रेग्मीले भने पीडित युवतीलाई थप पिडा हुने गरि पैसा लिएर अभियुक्तलाई छुट दिन दबाव मात्रै दिएनन् । युवतीको शारिरिक बनौटमाथि समेत टिप्पणी गरेर उनले फोनमै यौन दुर्व्यवहार समेत गरेको देखिन्छ ।

‘यिनीहरुसँग बसेर अलिकति पैसा लिएर राम्रोसँग गर्नु पर्यो । उसको घरमा पत्रकारदेखि सबै मान्छे आएका छन् । उ पुलिसको दानबहादुरभन्दा माथिल्लो मान्छे (तत्कालिन एसएससपी दानबहादुर कार्की)को घरमा गएर बसको छ,’ भोजराजले अडियोमा भनेका छन्,‘उसको दाजु (फणिन्द्रमणि पोखरेल) नै अहिले गृहमन्त्रालयको प्रवक्ता छ ।’

उनले ती किशोरीलाई जबरजस्ती करणी भएको विषयमा समेत आशंका व्यक्त गरेका छन् । ‘तिमी पनि बलियो छौ । तिमीलाई च्याप्पै समाएर गर्न गाह्रै पर्छ । मलाई अहिले पनि विश्वास छैन । म पनि उमेरमा उदण्डै थिएँ । गरिहाल्यो भने पनि गर्यो । हरेक मौकाहरु आउँछन् । त्यो अवसरलाई क्यास गर्नुपर्छ,’ उनले यसो भनेपछि किशोरीले मेरो ईच्छा विपरित यो सबै गर्नु सहि थियो भन्ने प्रश्न गरेकी छिन् ।
किशोरीको सुन्दरताका कारण अभिसाप भएको उनको भनाई छ ।

‘तिमी राम्री पनि छौ । त्यति राम्री हुनु भनेको पनि अभिसाप हो । आफूले आफैलाई पनि घाटा गर्छ,’ उनले यसो भनेपछि किशोरीले यसमा मेरो के दोष भन्दै प्रति प्रश्न गरेकी छिन् । जवाफमा रेग्मीले ,‘राम्री भएर जन्मनु दोष । म त देखेर छक्क परेँ तिमीलाई । हुन्छ त्यो स्वभाविक हो । त्यो ह्युमन नेचर हो । एक चोटी तिमी मलाई भेट । तिमीलाई मैले के गर्नुपर्छ । बाबु जस्तो ठानेर ।’

पीडित किशोरीलाई मुद्दा नगर्न र त्यसको परिणाम राम्रो नहुने भन्दै उनले दुरुत्साहन गरेका छन् । जबकी मुलुकी अपराध संहितामा यसरी दुरुत्साहन गर्नुलाई पनि अपराध मानिएको छ । सोही कारण सरकारी वकिल कार्यालयले रेग्मीलाई पनि अभियुक्त बनाएर अभियोग पत्र पेस गरेको छ । प्रहरीले उनी र एमान तामाङलाई पक्राउ गनै नगरी मुद्दा चलाएको छ । जबकी रेग्मी र तामाङका कारण ति किशोरीलाई अझै पनि ज्यानको खतरा छ । यसअघि आपराधिक गतिविधिमा लागेका एमान तामाङ महानगरीय प्रहरी परिसर टेकुले नै पक्राउ गरि मुद्दा चलाएको अभियुक्त हो । उनी केही महिना अघि मात्रै धरौटीमा छुटेका थिए । ती तामाङका कारण अझै पनि खतरा रहेको पीडित किशोरीको भनाई छ ।

सिफारिस