
काठमाडौं । प्रहरीका ठूला हाकिमदेखि सईसम्मको सरुवा भइरहेको छ । केहीदिन अघि गृहमन्त्रालयले ५ एआइजीको सरुवा गर्यो । काठमाडौं प्रहरीको प्रमुखसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको एसएसपीसहित केही एसएसपी समेत सरुवा भए । प्रहरीका ४ सय ६ जना सईको पनि सरुवा भएको छ । प्रहरी ईन्सपेक्टरहरुको पनि सरुवा तथा पदस्थापना भइरहेको छ । तर, प्रहरीमा डिएसपीको सरुवा भने रोकिएको छ ।
गृहमन्त्रालयद्वारा स्विकृत सरुवा मापदण्ड अनुसार तत्काल सरुवा हुनुपर्ने डिएसपीहरुको सरुवा शक्तिकेन्द्रकै दबावमा रोकिएको अनुमान छ । सरुवा रोकिँदा खास गरि ३ सय जनाभन्दा बढीको संख्यामा रहेका एक वर्षपघि मात्रै अवकाश हुँदै गरेका डिएसपीहरुलाई अन्याय भएको छ । अवकास अघि कुनै जिल्ला वा बृत्त ईन्चार्जको पर्खाइमा रहेका उनीहरुको सरुवा रोक्न नयाँ डिएसपीहरुको भूमिका निभाएको आरोप छ । केही शक्तिशाली व्यक्तिहरुलई आफ्ना आसेपासेलाई केही जिल्ला ईन्चार्जका रुपमा पठाउन चाहेका कारण अवकासको मुखमा रहेका सयौँ डिएसपीमाथि अन्याय भएको स्रोतको भनाई छ ।