ललिता निवास जग्गा प्रकरण : सरकारी कीर्तेमा मात्र मुद्दा चल्ने, संगठित अपराधमा नचल्ने

दियो पोस्ट  

काठमाडौं । बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हिनामिनामा संलग्नहरुलाई सरकारी कागजात कीर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाएको छ ।

संगठित अपराधमा अभियोग पत्र दर्ता नगर्ने जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी सरकारी वकिल कार्यालयले केहीबेरमा अदालतमा मुद्दा दायर गर्दैछ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लिइएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि १७५ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको छ ।

 

सिफारिस