छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जनाको मृत्यु भएको छ । बाराको निजगढ नगरपालिका(११ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५
सय ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार मुज्जफरपुर थाना देवरिया कोठी घर भएका सर्लाही बरहथवा नगरपालिका–६ हिरापुर ब्यारेज बस्ने ६५ वर्षीय श्रीकान्त पाण्डे रहेका छन् । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले रतनपुरबाट निजगढतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी कैलालीको टिकापुर नगरपालिका–१ खडकचोकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ६ सय ७० मिलीग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दगोरीया गाउँपालिका–१ उत्तरमुडा बस्ने २५ वर्षीय योगेश बहादुर स्वार रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले टिकापुरबाट लम्कीतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

साथै महोत्तरीको बर्दिबास नगरपालिका–१० खयरमारास्थित झुलुङगे पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका–१० बस्ने २८ वर्षीय सुरेन्द्र राय यादब र ३८ वर्षीय अमर सिंह लोप्चन रहेका छन् । प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त गाँजासहित शनिबार राति पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस