बैतडीमा एक जना मृत अवस्थामा फेला

दियो पोस्ट  

बैतडी । बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका– ५ आइतका ४३ वर्षीय केशवदत्त लेखक(लछु) मृत भेट्टिएका छन् । केशव वडा नं ५ को कार्यालय नजिकै मृत फेला परेका प्रहरी निरीक्षक केसीले बताए । उनका अनुसार शनिबार घरबाट निस्केका केशव आइतबार बिहान मृत फेला परेका हुन् ।

केशवको मृत्युको कारण खुल्न सकेको नसकेको प्रहरी प्रवक्ता केसीले जानकारी दिए । “शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ”, उनले भने, “परीक्षण रिपोर्टपछि के कति कारणले मृत्यु भएको खुल्ने छ ।” अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।