केरुङबाट चीनको बाटो हुँदै हुम्ला पुर्‍याइँदै बस

दियो पोस्ट  

काठमाडौं । रसुवाको  केरुङ नाकाबाट चीनको बाटो हुँदै हुम्ला पहिलो पटक बस पु¥याउन लागिएको छ । व्यक्तिगत लगानीका हुम्लामा पहिलोपटक सार्वजनिक यातायात (बस) पुर्‍याउन लाग्नुभएको हो । हुम्लावासीको मागका आधारमा जिल्ला सदरमुकाम सिमकोट–हिल्सा सडक खण्डमा सञ्चालन हुने गरी व्यवसायी लामाले दुईवटा बस हुम्ला पठाउनुभएको छ । सिमकोटदेखि हिल्सासम्मको सडकको दुरी करिब ९० किलोमिटर मात्रै छ । तर, हाल स्थानीय जिपहरुले उक्त सडक खण्डकमा प्रतियात्रु पाँच हजार भाडा लिँदै आएका छन् ।

व्यवसायी लामाले भन्नुभयो, यात्रा पनि धेरै महँगो छ । त्यही पनि भनेको बेला सवारी भेटिँदैनन् । त्यसैले नागरिको समस्यालाई मध्यनजर गर्दै बस सेवा सञ्चालन गर्न लागिएको हो, हुम्ला सदरमुकाम अझै पनि राष्ट्रिय राजमार्गले नछोएको केरुङ नाकाबाट चीनको बाटो हुँदै हुम्ला बस पठाएको हुँ ।

हाल हुम्ला जोड्ने कर्णाली करिडोर निमार्णकै चरण छ । लामाका अनुसार भन्सार र ढुवानीका सबै प्रक्रिया सकेर शुक्रबार बस चीनको बाटोबाट हुम्लाका लागि पठाइएको हो ।

आइतबार साँझसम्म तीन दिनको यात्रापछि चीन र नेपालको सीमानाका हिल्सामा बस पुग्ने र त्यसपछि बस हिल्साबाट सदरमुकाम सिमकोट पुग्न छ घण्टा लाग्ने उहाँले बताउनुभयो । लामाका अनुसार २५ सिट क्षमताका दुईवटा बसको लागत करिब एक करोड रहेको छ । बसको बडी सुर्खेतमा तयार रहेको हिल्सा पब्लिक यातायात प्रालिमा आबद्ध गराइएको छ ।

बसमार्फत् सेवा दिँदा भण्डादर सस्तो बनाउने तयारी छ । हिल्सा नाकामा बस लिन सवारी चालक त्यसतर्फ गइसकेका छन् । दुवै बस सिमकोटमा पुगेपछि सोमबारदेखि नियमित रुपमा सिमकोट–हिल्सा सडक खण्डमा सञ्चालन गर्ने तयारी छ ।

बस पुर्‍याउन सात लाख भाडा

व्यवसायी लामाका अनुसार केरुङबाट चीनको सडक हुँदै हिल्सासम्म बस पु¥याउन चिनियाँ ट्रकले सात लाख रुपैयाँ भाडा लिएका छन् । चीनको सडकमा बस गुडाएर लैजान नमिल्ने भएकाले ट्रकमा लोड गरेर बस पठाइएको हो ।

चिनियाँ सडकमा नेपाली नम्बर प्लेटका गाडी गुडाउने अनुमति नहुँदा केरुङदेखि हिल्सासम्म ट्रकमा लोड गरी पठाइएको हो । हुम्ला सदरमुकाम सिम्मकोट अझै पनि राष्ट्रिय राजमार्गले छोएको छैन । कर्णाली करिडोरको कालीकोटको खुलालु–सिमकोट खण्डको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सिमानामा पर्ने थारे क्षेत्रमा कडा चट्टानका कारण समयमै काम नहुँदा सिमकोट राष्ट्रिय राजमार्गसँग जोडिन नसकेको हो तर सिमकोटमा भने सार्वजनिक सवारी सञ्चालमा छन् ।

ट्याक्टर र जिप सिमकोट–हिल्सा खण्डमा यसअघिदेखि नै चलिरहेका छन् । तर, स्थानीयबासीले महँगो भाडा तिरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । हाल हुम्लामा हिल्सा–सिमकोट, सिमकोटभित्र, सर्केपगाड–चँखेली–गमगढी र सलिसल्ला–अदानचुली–कोल्टी–खुलालु खण्डमा केही गाडी सञ्चालनमा छन् । कर्णाली करिडोरको निमार्ण कार्यको जिम्मा २०७१ चैत ९ गते नेपाली सेनालाई दिइएको थियो । यो सडक ४० किलोमिटर कालीकोट, ४४ किलोमिटर बाजुरा खण्ड र एक सय १३ किलोमिटर हुम्ला खण्डमा पर्छ ।

थारे भिरको आठ किलोमिटर सडकमध्ये ४.५ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य निकै जटिल मानिएको छ तर करिब तीन किलोमिटर सडक निर्माणको काम नेपाली सेनाले गरिरहेको छ ।

आजको हिमालय टाइम्स पत्रिकामा खबर छ ।

सिफारिस