आयोग बन्दा ओली झन् आतंकित

दियोपोस्ट संवाददाता

काठमाडौं । उपलब्धीहिन संसद अवरोधमा आफ्नै पार्टीका उपाध्यक्ष संसदीय दलका उपनेता सुभाष नेम्वाङको असन्तुष्टि १९० डिग्रीबाट एकाएक ८० डिग्री झुकेर एक महिना पछि अर्थात प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको निर्धारित समय समाप्त भएपछि केपी ओलीले झेली आयोग बन्ने सहमति भएको छ । केपीले पार्टी नेतृत्व लिएपछि नेकपा एमालेले भ्रष्टाचार र बेथितिको भण्डार भएको छ । एमाले भ्रष्टाचार विरुद्धमाात्र होइन कुनै दिन मंहगी नियन्त्रण, कालो बजार अन्त्यसम्मको सडक प्रर्दशन गरेको छैन । केपीको चाकडी गर्न पुग्नेहरु जस्तो सुकै भ्रष्ट भए पनि कारवाही गर्न पाइँदैन ।

कानुनले केपीलाई संविधान भन्दा माथि ठान्दैन । तर केपीको निर्देशन हुकुम कानुन भन्दा माथि छन् । पढ्ेर पनि बुद्ध भएको कानुन जानेर कानुनको खिल्ली उडाउने योगेश भट्टराईहरु देशको राष्ट्रिय ध्वजाबहाक कम्पनी वायुसेवा निगमको ८० अर्बको सम्पत्तिलाई ४० प्रतिशत शेयर बनाएर हिमाल एयरलाइन्सलाई सुम्पने गरेको तयारी फर्दाभास भएको छ । तिनै योगेशहरु केपी ओलीको दाश बनेर आफ्नो विवेक बन्धकी राखेका छन् । वित्तीय अपराध घटेको छैन । ओलीले आफ्नो समयमा ४ किलो सुन पित्तल भएको कुराका हेक्का राखेनन् ।

साउन भर सरकारले बजेट बाँडफाँडमा समय दिन बाध्य हुन्थ्यो । काम गरेको ठेकदारले रु १० अर्ब भुत्तानी नपाउने तर मिटरब्याज प्रकरण, शहकारी र लघुवित्तको ठगीमा विपक्षको साथ हुने अवस्था कसरी भयो ? विपक्षीदल भएको कारण कम्युष्टिले जनताको सेवा गर्छन् भन्ने थियो । तर केपी ओलील पार्टी अध्यक्ष भएदेखि नेपका एमाले सडकमा आएको छैन । हरेक ठाँउमा भ्रष्टचार बढेको छ । स्थानीय तह भ्रष्टचारले चुर्लुम्म छन् । जहाँ नेकपा एमालेका नेता कार्यकर्ता हर्ताकर्ता छन् ।

एमालेको इच्छा अनुसारको झेली आयोग असोज ५ गते बन्नेछ । त्यो आयोगले एमाले र कांग्रेसका भ्रष्ट, तस्कर जोगाउनेछ । आफ्नो गुटका लुटारा जेल पर्दा आतंकित केपी ओलीले माओवादीका कृष्ण महरालाई जेल कोच्ने योजना बनाएका छन् । लोकतन्त्र स्थापना पछि बनेको कुनै पनि आयोगले दिएका प्रतिवेदन कार्यान्वयनमा नल्याउने यिनै दल हुन् । आयोग बनेपछि कुनै पनि अपराधको उचित छानविन हुँदैन । आफ्ना कार्यकर्ता माथि कारबाही पनि हुँदैन भन्ने कुरामा ओली ढुक्क छन् ।

जनताको सरकारको विषयमा नेकपा एमाले र त्यसको भगिनी संगठनलाई चासो छैन । पञ्चायतले गर्न नसकेको गिरीबन्धु टि स्टेटको हदबन्दीको जमीन फुकुवा गरी चिया बगान स्थानान्तरण गर्दा कानुनमन्त्री शिवमाया तुम्बहाम्फे, भुमिसुधारमन्त्री पद्मा अर्याल थिए । तत्कालिन सचिव टेकनारायण पाण्डे पनि यहाँ जोडिए । गिरिबन्धुसँग जोडिएका दिपक मलहोत्राले मन्त्री अर्याललाई डिल्लीबजारको अपार्टमेन्ट र कोरियन गाडी चढाएका थिए । अर्याल त्यही गाडी चढ्छिन मलहोत्राको अपार्टमेन्टमा बस्दै आएकी छिन् । झापाम दुर्गा प्रसाईले केपीले २५ बिधा देउवा पत्नी डा. आरजु राणाले ३० बिघा जग्गा पाएको बताउँछन् ।

कानुन बनाएर देश लुट्न सफल नेकपा एमालेका केपी गुटलाई आफैंले खनेको खाडलमा आफैं पर्ने डर छ किनकी अपराध गर्ने धेरै एमालेका छन् । मिटर ब्याज, शहरीको ठगी जस्ता कुरामा एमालेका धेरै छन् । आयोग बनाउँदा आफ्ना जोगाउन पाइन्छ तर शक्तिशाली अधिकार प्राप्त भयो भने प्रधामन्त्री, मन्त्री समेत तानिन्छन् । सिआईबीको अनुसन्धानमा ठगी हुन्न एमालेले त्यसलाई नपत्याउनुको कारण राजनीतिक ढाकछोप गर्न नपाइनु नै हो । एमाले कालका नीतिगत लुटका एक दर्जन काण्ड छन् । मुखले जे बोल पनि एमालेको महाराज थर्कमान हुन पर्नुको कारण सिआईबीको दरिलो अनुसन्धान नै हो ।

आजको ताजाखबर पत्रिकामा खबर छ ।

सम्बन्धित खबर