जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । उदयपुरमा ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–१ बेलसोत बस्ने २५ वर्षीय जय बहादुर खपाङ्गी मगर रहेका छन् । मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको
भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पकउ पर्नेमा काठमाडौं नरेफाट बस्ने ईलामको ईलाम नगरपालिका–९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारी रहेका छन् । भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका–९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।