दाङको छुट्टाछुट्टै ठाउँमा २ जनाको डुबेर मृत्यु

दियो पोस्ट  

दाङ । दाङको छुट्टाछुट्टै ठाउँमा २ जनाको डुबेर मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका–३ मजगाउँस्थित कुलोमा डुबेर एक जना बालिकको सोमबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा सोेही ठाउँ बस्ने निसान चौधरीकी छोरी १ वर्षीया निचिता चौधरी रहकी छिन् । कुलोमा डुबेर अशक्त भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी दाङकै तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी डेरा गरी बस्ने एक जना बालिकाको सोही ठाउँस्थि कुलोमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा रूकुम पश्चिम मुसीकोट नगरपालिका–११ चौखाबाङ घर भएकी लिला वलीकी छोरी २ वर्षीया रिया वली रहेकी छिन् । कुलोमा डुबेर अशक्त भएकी उनको तुलसी अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सिफारिस