मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दियो पोस्ट  

महोत्तरी । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–१ मनरापुलस्थित सडकमा गरेको ज.५ प १२१९ नम्बरको मोटरसाइकल र बीआर ३० एएफ ७९८६ नम्बरको मोटरसाइकल एकआपसको ठक्करबाट मंगलबार बिहान दुर्घटना हुँदा बिआर ३० एएफ ७९८६ नम्बरको
मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ भटोलिया बस्ने ५५ वर्षीया लिलम देवी रहेकी छिन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुबै मोटरसाइकल चालकको सोही अस्पतलमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।