जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ

दियोपोस्ट संवाददाता

बर्दिया । जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । बर्दियामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बारबर्दिया नगरपालिका–६ जयपुरगाउँ बस्ने २१ वर्षीय हरी खड्का रहेका छन् । खड्काले ती किशोरीलाई भदौ ५ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति पक्राउ गरेको हो ।

यसैगरी बर्दियामै १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बारबर्दिया नगरपालिका–४ गुरुवागाउँ बस्ने २३ वर्षीय ईश्वर थारू रहेका छन् । थारूले ती किशोरीलाई गत वैशाख १५ गते राति जबरजस्ती करणी गरी गर्भ रहन गएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस