छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

दियो पोस्ट

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा चोकमा रोकी राखेको क.प्र.०२०० प ४००४ नम्बरको स्कुटरमा भे.७ प ७७४६ नम्बरको मोटरसाइकल एकआपसको ठक्करबाट मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१२ बस्ने ४१ वर्षीय धर्म राज सापकोटा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । सामान्य घाइते भएका स्कुटर चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका–१० अमरसिंह चोकमा ग.१० प ३५७६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला रहेकी छिन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको मणिपाल अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर