संरक्षकबाटै बलात्कृत

दियो पोस्ट  

काठमाडौं । आफ्नै १४ वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपम हजुरबुवालाई ५ भदौमा प्रहरीले पक्राउ ग¥यो । ६५ वर्षीय ती हजुरबुवाले ती नातिनीलाई एक वर्षयता पटकपटक करणी गर्दै आएको र चार महिनाको गर्भ रहेको स्वास्य जाँचबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

ती किशोरी स्थानीय विद्यालयमा अध्ययन गरिरहेकी थिइन् । उनको अवस्था अस्वाभाविक देखेपछि एक जना शिक्षिकाले चासो देखाइन । फलतः उनीमाथि आफ्नै हजुरबुवाले लामो समयदेखि गरेको कर्तुत बाहिरियो र हजुरबुवा प्रहरी हिरासतमा पुगे । यस्तै, गत वर्ष एक बालिकालाई आफ्नै सौत्याने बाबु बलात्कार गरी गर्भवती बनाए । ११ वर्षीया ती बालिका गर्भवती भएको तीन महिनापछि मात्र उनीमाथि बाबु भनाउँदाले भरेको कर्तुत बाहिरियो । त्यसपछि ती ‘अपराधी’ बाबु फरार छन् । ती बालिकाको आफ्नै बाबुको अवस्था अहिलेसम्म पनि अज्ञात छ । बाबु अज्ञात भएपछि आमाले दोस्रो विवाह गरिन् । त्यसपछि आमालाई सहयोगका लागि पुगेकी ती बालिका आफ्नै सौतेनी बाबुको सिकार बनिन् । बलात्कृत ती बालिका अहिले आफन्तसँग बसेकी छिन् ।

गत २० चैतमा १५ वर्षीय एक किशोरीलाई घरमा कोही नभएको मौका पारी नाताले भाइ पर्नेले बलात्कार गरे । आफ्नै मामाको छोराको सिकार भएकी ती किशोरीले वास्तविकता सार्वजनि गरेपछि पक्राउ गरेको थियो ।

गत १७ पुसमा १३ वर्षीय एक किशोरीलाई फकाइफुल्याई ५ सय रुपैयाँ दिएर करणी गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।

आजको राजधानी पत्रिकामा खबर छ ।