भक्तपुरमा एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने एक जना पक्राउ

दियो पोस्ट  

भक्तपुर । भक्तपुरमा एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको नगरपालिका–१० कमलविनायक भत्केकोपाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका–२ घर भएका २४ वर्षीय पूर्णबहादुर खासु रहेका छन् । उनलाइै आज बिहान प्रहरीको गस्ती टोलीले सोही ठाउँबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।