बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  नेकपा एमालेका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले एमाले, नेकपा र राप्रपाका सांसदको समर्थनमा सरकार गठनका लागि दाबी पेस गरेका थिए ।

मुख्यमन्त्री थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ । तीन दलका गरी ६३ सांसदको समर्थनसहित थापाले बहुमत दाबी गरेका हुन् ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्दै भदौ ४ गते अपराह्न ४ बजेसम्मको समयसीमा तोकेका थिए ।

सोही समयसीमाभित्र थापाले बहुमत सांसदको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सम्बन्धित खबर

सिफारिस