दुइ लोडेड पेस्तोलसहित नागढुंगाबाट एक युवक पक्राउ

दियो पोस्ट  

काठमाडौँ, साउन ३२ । नागढुंगाबाट लोडेड पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

ललितपुर बस्ने मुनाल लामा भनिने सुलभ लामालाई दुई वटा लोडेड पेस्तोलसहित पक्राउ गरिएको नागढुंगा प्रहरी प्रभागका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले बताएका छन् ।

धार्के–कालिमाटी चल्ने बा २ ख १९८० नम्बरको लोकल बसमा चेकजाँच गर्ने क्रममा लामाको साथबाट दुई पेस्तोल भेटिएको प्रहरी हो । लामाको साथबाट पाँच थान मोवाइल फोनपनि बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक खड्काले बताएका छन् ।