वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

दियो पोस्ट  

काठमाडौँ, साउन ३२ । नेपाली चलचित्र क्षेत्रकी वरिष्ठ कलाकार अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । दर्जनौँ चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार विहान निधन भएको हो ।

७२ बर्षीया अधिकारी लामो समयदेखि दम रोगबाट पीडित थिईन । शनिबार विहान डल्लुस्थित आफ्नै निवासमा उनको निधन भएको थियो । उनलाई शनिबार नै आर्यघाटमा पुर्याइ अन्तिम संस्कार गरिने छ ।

सुभद्रा अधिकारीले नेपाली चलचित्र क्षेत्रमा अतुलनिय योगदान गरेकी छिन् । ५ बर्षको उमेरदेखि नै कलाकारिता क्षेत्रमा लागेकी अधिकारीले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेदेखि अहिलेसम्म दर्जनौँ चलचित्रमा अभिनय गरेकी छिन् ।