काठमाडौँ, साउन ३२ । संचारकर्मी रवि लामिछाने पक्राउ परेपछि त्यसको विरोधमा हजारौँ जनताहरु सडकमा उत्रिएका छन् । एक सच्चा, इमानदार र कर्मठ व्यक्तित्वलाई राज्यले फसाउन खोजेको भन्दै एकपक्ष रविको रिहाइको माग सहित प्रदर्शनमा उत्रिएका छन् ।
रवि लामिछानेको समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यलय अगाडी बसेर आवाज उठाए । चितवन पुग्न असमर्थ रहेका समर्थकहरु सामाजिक संजालबाट आवाज उठाइरहेका छन् । समग्रमा चितवन निकै तनावग्रस्त छ । भिडलाई उश्रृंखल हुन नदिनका लागि प्रहरीले १० राउण्ड अश्रु ग्याँस फायर गरिसकेको छ ।
रवि पक्राउ परको विरोधमा चितवन तनावग्रस्त भएकै बेलामा स्वतन्त्र युवा समुहले पत्रकार शालिकराम पुडासैनीले न्याय पाउनुपर्ने माग राख्दै आन्दोलन गरेका छन् । उनिहरुले पुडासैनीको आत्महत्या प्रकरणमा निष्पक्ष छानविन हुनुपर्ने माग राखेका छन् । रविको समर्थकहरुको उश्रृंखल प्रदर्शनले छानविनमा समेत निष्पक्षता आउन सक्ने भन्दै सबैलाई सहयोग गर्न माग राखेका छन् ।
चितवनमा दुइपक्षिय आन्दोलन हुँदा जिल्लाको सुरक्षा चुनौती थप बढेको छ । यसअघि रविको समर्थकहरुलाई उत्तेजित हुन नदिन मात्रै प्रहरीको जिम्मेवारी थियो भने अब रवि र पुडासैनीका समर्थकहरुबिच मुठभेड हुन नदिन समेत प्रहरीलाई चुनौती थपिएको छ ।