काठमाडौं, १ भदौ । सञ्चारकर्मी रवी लामिछानेको सम्पत्ति स्रोतको छानबीन गर्न माग गर्ने राष्ट्रिय युवा संघ नेपालका सह–संयोजक रमेश पौडेलले सामाजिक सञ्जालमा आफ्नो परिचय नै झूटो राखेको पाइएको छ ।
उनले आफूलाई संयोजक नै रहेको झूटो परिचय फेसबुकमा राखेका छन् । जबकी संयोजक भने राम प्रसाद सापकोटा दीपशिखा हुन् ।
पूर्व माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसिएल) र पूर्व एमालेको भातृ संगठन नेपाल युवा संघ नेपालबीच एकता पछि राष्ट्रिय युवा संघ नेपाल बनेको थियो ।
पार्टीले गरेको निर्णय अनुसार राष्ट्रिय युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा दीपशिखा हुन् । तर, पौडेलले भने आफू नै अध्यक्ष रहेको फेसबुक बायोमा उल्लेख गरेका छन् ।
युवा संघ नेपालका पूर्व अध्यक्ष रहेका पौडेललाई पार्टी एकतापछि बनेको राष्ट्रिय युवा संघ नेपालको सहसंयोजकको जिम्मेवारी दिइएको थियो ।
आफ्नो परिचय समेत ढाँटेर फेसबुक चलाउने पौडेलले रवी लामिछानेको सम्पत्ति छानबीन गर्नुपर्ने माग गरेपछि सर्वत्र विरोध भएको छ ।