काठमाडौं,भदौ १ । नेपाली काँग्रेसकी सांसद रंगमति शाहीले सरकारले पार्टी प्यालेसमा तीज मनाउन प्रतिबन्ध लगाएको भन्दै विरोध गरेकी छिन् ।
आइतबारको संसदको सून्य समयमा बोल्दै सांसद शाहीले बिहेमा तडकभडक रोक्न ५१ जना भन्दा बढी जन्ती लान नहुने भनेकोमा त्यसमा सरकारको नजर नपुगेको बताउँदै महिलाले सकिनसकी बचाएको पैसाले बर्षदिनको चाड तीज मनाउन पार्टी प्यालेसमा प्रतिबन्द्ध लगाएको भन्दै आलोचना गरिन् ।
उनले भनिन्– ‘के महिलाले एकदिन तीज मनाउँदैमा यो देशको भष्टाचार नियन्त्रण हुने हो र ? बरु यो सरकार आफै भष्टा«चारमा चुर्लुम्म डुबेको छ । पार्टी प्यालेसमा तीज मनाउन लगाइएको प्रतिबन्द्ध फुकुवा गर्न सभामुख मार्फत म सरकारलाई आग्रह गर्दछु ।’