काठमाडौं, १ भदौ । पत्रकारी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अर्का सञ्चारकर्मी रवी लामिछाने विरुद्ध किटानी जाहेरी दर्ता नभएको पाइएको छ ।
सञ्चार माध्यममा किटानी जाहेरी दर्ता भएको भनिएपनि हालसम्म दर्ता नभएको पीडित परिवारले नै बताएका छन् ।
मृतक शालिकरामकी पत्नि सम्झना पुडासैनीका मामा घननाथ बजगाईंले जाहेरी दर्ता नभएको बताए । ‘बाहिर आएको हल्ला मात्रै हो । हामी कागजात तयार नपार्दै जाहेरी दर्ता भनेर आएको रहेछ । हामी प्रहरी परिसरमा हौँ । तर जाहेरी दर्ता भएको छैन,’ बजगाईंले प्रहरी परिसरबाट दियोपोस्टलाई भने ।
यद्धपी पीडित परिवारले घटनामा शालिकरामले नाम लिएका अस्मिता कार्की रुकु, रवि लामिछाने र युवराज कँडेल विरुद्ध किटानी जाहेरी दिने तयारी गरिरहेको छ । घटना भएको १३ दिन सामाजिक प्रक्रिया पुर्याइ काज किरिया गरेर उनीहरु आज काठमाडौं आएका हुन् ।