शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

दियो पोस्ट  

काठमाडौँ, भदौ १ । सर्वोच्च अदालतले अभिनेतृ शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश गरेको छ ।

आइतबार प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराको एकल इजलासले अभिनेतृ पोखरेललाई नपक्रन आदेश गरेको हो ।

वहु विबाह मुद्धामा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेपछि उच्च अदालत हुँदै सर्वोच्च गुहार्न पुगेकी शिल्पाले अन्ततः उन्मुक्तिसमेत पाएकी छिन् ।