उच्च अदालत पोखराका न्यायधीशले राजीनामा दिए

दियो पोस्ट  

काठमाडौँ, भदौ । उच्च अदालत पोखराका न्यायधीश जीवनहरि अधिकारीले राजीनमा दिएका छन् । गोर्खा ब्रुअरीको अन्तशुल्क विवादमा मुछिएका न्यायधीश अधिकारीले सोमबार न्यायपरिषदमार्फत प्रधानन्यायधीशसमक्ष राजिनामा बुझाएका हुन् ।

उनले निष्पक्ष न्यााय निरुपण गर्दागर्दै आरोप खेप्नुपरेको भन्दै राजीनामा बुझाएका हुन्। अधिकारीले राजीनामामा ४० वर्ष न्याय सेवामा बिताएको समयमा कुनै पनि विवादित काम नगरेको र न्याय सेवाबाट अवकाश पाउने समय नजिक आइपुग्दा आफूमाथि गम्भीर आरोप लागेको दाबी गरेका छन्। सो प्रकरणमा सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानबिन समिति बनेको थियो।

उनले समितिमा बयान दिएपछि राजीनामा बुझाएका हुन्।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद्‌को बैठकले उच्च र जिल्ला अदालतमा कार्यरत रहेका ४ न्यायाधीशमाथि विस्तृत छानबिन गर्न समिति गठन गरेको थियो।