ड्यूटीमा रहेको प्रहरी अधिकारीमाथि हातपात गर्ने पुर्वयुवराज पारसमाथि छानविन हुने

दियो पोस्ट  

काठमाडौँ, भदौ २ । प्रहरीले त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी अधिकारीमाथि हातपात गर्ने पुर्वयुवराज पारस शाहमाथि छानविन थालेको छ । आइतबार साँझ छोरा र भाञ्जीलाई थाइल्याण्ड उडाउनका लागि विमानस्थल पुगेका पारसले विमानस्थलको भीआइपी सुरक्षार्थ खटिएका प्रहरी नायव निरिक्षक इश्वर खत्रीमाथि हातपात गरेपछि उनिमाथि छानविन हुने भएको हो ।

विमानस्थलमा प्रहरीमाथि हातपात गरेको दृश्य सहितको भिडियो सार्वजनिक भएपछि पुर्वयुवराज पारसको विषयमा चौतर्फी आलोचना भएको छ । पटकपटक विवादमा आइरहने पुर्वयुवराज पारसले आइतबार विमानस्थलमा घटाएको घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको महानगरिय प्रहरी आयुक्तको कार्यलय रानिपोखरीका डीआइजी शैलेस थापाले बताएका छन् ।

घटनाको विवरण नआएको हुँदा विमानस्थल प्रहरलिे घटनाको विवरण पठाएपछि के गर्ने भन्ने विषयमा निर्णय हुने जानकारी दिएका छन् । सार्वजनिक भएको भिडियोमा पुर्व युवराज पारसले प्रहरी अधिकारी इश्वर खत्रीलाई छातीमा समातेर धकेलेका थिए । उनले आफ्नो भाञ्जी र छोरालाई दुव्र्यवहार गरेको भन्दै फर्कीफर्की प्रहरी अधिकारीमाथि झम्टिएका थिए ।

भिडियो सार्वजनिक भएपछि पुर्वयुवराज पारसविरुद्ध सामाजिक संजालमा विभिन्न खालका टिकाटिप्पणीहरु भएका छन् ।