काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले मंगलबार सिम्रिक एयरलाइन्सको जहाज उडानमा रोक लगाएको छ ।
क्याप्टेन रामेश्वर थापाको स्वामित्वमा रहेको सिम्रिक एयरले प्राधिरणद्धारा स्वीकृत नभएका पार्टपुर्जा प्रयोग गरेकाले उडानमा रोक लगाइएको हो ।
‘सिम्रिक एयरलाइन्सले प्रयोग गरेका पार्टपुर्जा प्राधिकरणबाट स्वीकृत नगरेको पाइयो, प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘त्यसैले उडानमा रोक लगाएका छौं ।’
प्राधिकरणले सिम्रिक एयरलाइन्सलाई मंगलबार नै स्पष्टिकरण सोधेको छ । सिम्रिक एयरविरुद्ध कस्तो कारवाही हुन्छ भन्ने विषय स्पष्टिकरण आएपछि छलफल हुने महानिर्देशक पोखरेलले बताए ।